Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 13-14

अझसम्म नलिएको भूमि

13 जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंले अझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ। त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ, भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई, जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ। अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।

“सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ। अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”

भूमि-विभाजन

रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अघिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए। तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए। 10 एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे। 11 गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो। 12 बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए। 13 इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।

14 लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।

15 मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः 16 यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो। 17 त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन, 18 यहसा, कदेमोत, र मेपात, 19 किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर, 20 बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए। 21 यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे। 22 इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे। 23 जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।

24 मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

25 याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए। 26 त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो। 27 त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो। 28 यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।

29 मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः

30 त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। (त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।) 31 त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।

32 मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो। 33 मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेट्नु हुनेछ।

14 पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे। परमप्रभुले धेरै अघि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन्। साढे नौं कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिट्ठा लगाए। मोशाले अघिनै अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भुमि दिइएन। ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो। परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।

कालेबले आफ्नो भूमि प्राप्त गरे

एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ। हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस बर्षको थिएँ। जब म फर्कें, जो यसको बारेमा ईमान्दारी साथ मैले अनुभव गरेको थिएँ। मैले मोशालाई भने। ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ। यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’

10 “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस बर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरुभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी बर्ष पुगें। 11 म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु। 12 यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”

13 यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए। 14 अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे। 15 पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो।

त्यसपछि, त्यो भूमिमा शान्ति छायो।

लूका 18:1-17

परमेश्वरले मानिसहरूलाई उत्तर दिन्छन्

18 त्यसपछि येशूले चेलाहरूलाई सधैँ प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। येशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो, “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्। त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’ तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन। तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’”

तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ। परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”

परमेश्वरसँग ठीक बस

कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः 10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए। 11 फरिसी कर उठाउनेदेखि केही टाढा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसले भन्यो, ‘हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू गर्दिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन। 12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’

13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गर्यो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, ‘हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।’ 14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”

परमेश्वरको राज्यमा को पस्न पाउने छ?

(मत्ती 19:13-15; मर्कूस 10:13-16)

15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। 16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो। 17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”

भजनसंग्रह 85

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।

हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
    याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
    क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
    पागल नबन्नु होस्।
हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
    अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
के तपाई हामीसँग सधैँ क्रोधित हुनुहुन्छ?
    के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ?
दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्!
    तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्।
    हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
    परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
    यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
    हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
    धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
    अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
    अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
    र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

हितोपदेश 13:7-8

यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।

धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International