Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 31:1-32:27

यहोशू नयाँ नायक

31 तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।

“परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”

तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”

मोशाले व्यवस्था लेख्नुहुन्छ

तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए। 10 त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातबर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको बर्षमा पढ। 11 त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। 12 पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिक्नेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्। 13 यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिक्नेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”

परमप्रभुले मोशा र यहोशूलाई बोलाउनु हुन्छ

14 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।

15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो। 16 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्। 17 त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’ 18 तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।

19 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्। 20 जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सक्दो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्। 21 तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”

22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।

23 तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”

इस्राएलीहरूलाई मोशा चेताउनी दिन्छन्

24 यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके, 25 तिनले लेवीहरूलाई आज्ञा दिए। (यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोक्छन्।) मोशाले भने, 26 व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ। 27 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ। 28 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु। 29 म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुशरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”

मोशाको स्तुति गीत

30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए।

32 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी!
    मेरो मुखको वचनहरू सुन।
मेरा शिक्षाहरू झरी झैं पर्नेछन्।
    भूईँमा खस्ने तुषारो
जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी
    जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
किनभने म परमप्रभुको नाउँ घोषणा गर्छु,
    हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।

“उहाँ चट्टान हुनुहुन्छ,
    कारण उहाँका बाटाहरू सही छन्,
    परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ।
उहाँ असल,
    र इमानदार हुनुहुन्छ।
अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ,
    तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ,
    कारण तिमीहरू धूर्त झूटा छौ।
के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा
कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ?
    होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ।
परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ।
    उहाँले तिमीहरूको सृष्टि गर्नुभयो।
उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ।
    उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।

“उहिले नै के भएको थियो सम्झना गर,
    धेरै-धेरै बर्षअघि भएका कुराहरू सम्झना गर।
तिमीहरूका पितालाई सोध
    तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी
    प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो।
परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो,
    जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
परमप्रभुको निज हिस्सा उहाँका
    मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

10 “परमप्रभुले याकूबलाई बीरानो
    अनि बतासले भरिएको मरुभूमिमा भेट्नुभयो।
परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो।
    उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
11 इस्राएलको निम्ति परमप्रभु गरूड़ झैं हुनु हुन्थ्यो।
    गरूड़ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ,
सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उड्छे।
    उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पखेंटा फिँजाउँछे।
अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे।
    परमप्रभु त्यस्तै हुनुहुन्छ।
12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन्
    परमप्रभु एक्लैले याकूबको नेतृत्व गर्नु भयो।
13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो
    अनि याकूबले खेतको उब्जनी लगे।
परमप्रभुले उसलाई पहराको मह दिनुभयो,
    अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट
    र भेंडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो;
उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेंडाहरू र अति असल गहुँ दिनुभयो।
    इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

15 “तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने।
    (हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ।)
तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे,
    अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे।
    तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए।
    त्यो तिनीहरूले जान्दैन थिए,
    ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोड्यौ
    तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।

19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो।
    उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
20 यसकारण परमप्रभुले भन्नुभयो,
‘म तिनीहरूलाई त्याग गर्नेछु
    तब हेरौं के हुन्छ!
तिनीहरू विद्रोही मानिसहरू हुन्।
    तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिक्दैन।
21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन्
    तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए।
म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्।
    म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
22 मेरो रीस आगो जस्तै बल्नेछ।
    चिहानको तल्लो सतहसम्म बलेर।
पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै
    बलेर पहाडको तलसम्म जलाई दिन्छु।

23 “‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु,
    म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
24 तिनीहरू भोकले, दुर्बल हुनेछन्
    अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्।
तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु।
    विषालु सर्पहरू र छेपाराहरूले तिनीहरूलाई टोक्ने छन्।
25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्।
    तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्।
सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्।
    तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरूलाई मार्नेछन्।

26 “‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें।
    यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्।
    शत्रुहरूले बुझ्ने छैनन्।
तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्,
    “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन
    हामीले हाम्रै शाक्तिले जित्यौं।”’

लूका 12:8-34

येशूबाट लज्जित हुनु पर्दैन

(मत्ती 10:32-33; 12:32; 10:19-20)

“म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।

10 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।

11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। 12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।”

येशूद्वारा स्वार्थीपन-विरूद्ध चेताउनी

13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।”

14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?” 15 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।”

16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। 17 त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’

18 “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। 19 तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’

20 “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’

21 “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।”

परमेश्वरको राज्यलाई फहिलो ठान

(मत्ती 6:25-34,19-21)

22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? 23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। 24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। 25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? 26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?

27 “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। 28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।

29 “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। 30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। 31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।

सम्पत्तिमा भरोसा नगर

32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। 33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। 34 तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।

भजनसंग्रह 78:32-55

32 तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे!
    परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
33 यसकारण तिनीहरूको जीवन,
    महा-विपदसँग समाप्त पारिदिनु भयो।
34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू,
    उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे।
35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ।
    तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
36 तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले।
    तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्।
37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन।
    तिनीहरू करार[a] सँग आज्ञाकारी थिएनन्।
38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो।
    उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो।
    अनि तिनीहरूलाई विनाश गर्नु भएन।
धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो,
    उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो।
    मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
40 उफ! यी नै मानिसहरूले मरुभूमिमा परमेश्वरलाई खुब कष्ट दिए!
    तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे।
    तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से।
    तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले
    अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो।
    जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो।
जसले मिश्रीहरूलाई टोके।
    परमेश्वरले भ्यागुताहरू पठाउनु भयो,
    जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
46 परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो,
    अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो।
    अनि हिम बर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
48 परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो
    र चट्याङ्गले गाई-वस्तुहरू मारिदिनु भयो।
49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो।
    उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो।
    उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन,
    डरालाग्दो बिमारका कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
51 परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मार्नु भयो।
    उहाँले हामको पहिले जन्मने सन्तानलाई मार्नुभयो।
52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो।
    उहाँले तिनीहरूलाई मरुभूमिमा भेंडा झैं डोर्याउनु भयो।
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
    उहाँका मानिसहरू डराउने कुनै कामै थिएन।
    परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो,
    उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु भयो।
    परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो।
    उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।

हितोपदेश 12:21-23

21 एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ।

22 परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

23 एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International