Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 13

अम्नोन र तामार

13 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो। तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो।

अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए। योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तरै पनि दुब्लाउँदै छौ? मलाई भन त! किन?”

अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”

योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’”

त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”

दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”

यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्। त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।

अम्नोनले तामारलाई बलात्कार गर्छ

10 तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।”

त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्। 11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”

12 तामारले अम्नोनलाई भनिन्, “होइन, दाजू! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन। 13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”

14 तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामार भन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे। 15 त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”

16 तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।”

तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्। 17 अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”

18 अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।

तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्। 19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।

20 तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजू अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्। 22 अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे अब्शालोमले राम्रो-नराम्रो कुनै कुरै गरेनन्। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।

अब्शालोमको प्रतिशोध

23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। 24 अब्शालोमले राजालाई भने, “मैले भेंडाको ऊन कात्रन केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”

25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”

अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।

26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”

राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”

27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।

अम्नोनको हत्या हुन्छ

28 तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनु। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

दाऊदले अम्नोनको मृत्युको खबर सुने

30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुइँमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। 33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”

34 अब्शालोम भागे।

शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। 35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए। 37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।

अब्शालोम भागेर गेशुर गए

अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए। 38 भागेर गएपछि अब्शालोम तीन बर्ष सम्म गशूरमा बसे। 39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै गुमाए अनि उसलाई अतिनै हेर्न चाहन्थे।

यूहन्ना 17

आफ्ना चेलाहरूका लागि येशू प्रार्थना गर्नुहुन्छ

17 यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्। तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ। यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँच्चो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो। जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ। अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो।

“तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे। अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्। मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो। तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्। 10 जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।

11 “अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक। 12 जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैं छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।

13 “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु। 14 मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।

15 “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु। 16 तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन। 17 तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो। 18 जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु। 19 अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँच्चो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।

20 “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। 21 हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। 22 तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। 23 जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।

24 “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। 25 हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। 26 मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”

भजनसंग्रह 119:81-96

काफ्

81 म मर्न आँटेको छु।
तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
    तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
    तर मेरो आँखाहरू शिथिल भइरहेछन्,
    परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ?
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
    तपाईंको नियमहरू भुल्ने छैन।
84 म कहिले सम्म बाँच्ने छु?
    हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
    उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
    ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्!
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
    तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
    अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।

लामेद्

89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्।
तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
    हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो,
    अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
    किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
    मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
    किनभने तिनीहरूले मलाई बाँच्न दिए।
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
    किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
    तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
96 तपाईंको नियमहरू बाहेक
    प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।

हितोपदेश 16:6-7

राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।

परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International