Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 34 - यहोशू 2

मोशाको मृत्यु

34 मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो। नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि, नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो। तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”

तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे। परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन। मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए। इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुन्जेलसम्म बसे।

यहोशू नयाँ अगुवा हुन्छन्

मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।

10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखा-मुख चिन्नु भएको थियो। 11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे। 12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।

परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ

मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।

“यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

यहोशूले आदेश दिन्छन्

10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने, 11 “छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।’”

12 तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने, 13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो। 14 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ। 15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”

16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं। 17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि, परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ। 18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”

यरीहोमा दुइ जासूस

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”

यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”

स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए। साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँडो गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।” (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)

यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरू इस्राएलका ती दुइ मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। 10 हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। 11 हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ। 12 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं। 13 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”

14 ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”

15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्। 16 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।”

17 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसँग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं। 18 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ। 19 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ। 20 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”

21 त्यस स्त्रीले जवाफ दिई, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाई गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिँडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।

22 ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरि हेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए। 23 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने। 24 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

लूका 13:22-14:6

साँघुरो ढोका

(मत्ती 7:13-14,21-23)

22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। 23 कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?”

येशूले भन्नुभयो, 24 “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। 25 यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” 26 तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। 27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।

28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। 29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। 30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”

यरूशलेममा येशूको मृत्युको भविष्यवाणी

(मत्ती 23:37-39)

31 त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ 33 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।

34 “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 35 यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”

के विश्रामको दिनमा उपचार गर्नु उचित छ?

14 एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए। एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो। येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?” तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो। येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?” ती फरिसीहरू र शास्त्रीहरूले येशूले भन्नु भएको कुरामा केही भन्न सकेनन्।

भजनसंग्रह 79

आसापको स्तुतिगान।

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
    ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए
    तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
    र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।
    ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
    हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ?
    के तपाईंको बलिया भावनाहरू[a] आगो झैं अनवरत झल्दछ?
हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
    तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
    जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।
ती सम्प्रदायरूले याकूबलाई
    र उसको देशलाई ध्वंश पारे।
हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
    चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्,
    कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्!
    बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ।
तपाईंको असल नाउँ सुनाउनको लागि,
    हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,
    “तिम्रो परमेश्वर कहाँ छ?
    के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्,
यसकारण हामी त्यो हेर्न चाहन्छौं।
    तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!
    परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्,
    जसलाई मृत्युदण्ड दिइएकोछ।
12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
    हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
    तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
13 हामी तपाईंका मानिसहरू हौं।
तपाईंको बथानका हामी भेंडाहरू हौं।
    हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं,
    परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।

हितोपदेश 12:26

26 धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International