Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 4-5

कहातीहरूको काम

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “लेवीहरूको बीचमा कहातीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर। भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर। कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ। तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याउन् अनि त्यसमाथि, रिकापी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सधैँ रहोस्। तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।

“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाँडाहरू सबै ढाकिदिन्। 10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।

11 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिऊन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।

12 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।

13 “काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्। 14 त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्।

15 “जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपि सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरूगर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

16 “पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

17 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ। 19 तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्। 20 यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”

गेर्शोनीहरूको काम

21 परमप्रभुले मोशालाई भन्नुभयो, 22 “गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर। 23 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास बर्ष उमेरका मानिसहरूको गन्ती गर।

24 “गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो। 25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ। 26 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वारहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनी मानिसहरू जिम्मावार थिए। 27 गेर्शोनी मानिसहरूले जे पनि गर्छन् भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्। 28 गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

मरारी परिवारको काम

29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास बर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्। 31 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू। 32 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकुन्। 33 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के-के हो खटाऊनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

लेवी परिवार

34 मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे। 35 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

36 कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।

38-39 गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो। 40 यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए। 41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

42 मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए। 43 तीसदेखि पचास बर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो। 44 मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 45 यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार गरे।

46 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे। 47 तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे। 48 तिनीहरूको कुल संख्या 8,480 थियो। 49 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

शुद्धता विषय नियम

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”

यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

जरिवाना

परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो। त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोड्नु पर्छ जसलाई उसले सताए। तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रयाश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रयाश्चित गर्ने छ।

“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। 10 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”

पत्नीमाथि पतिको शंका

11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “इस्राएलका मानिसहरूलाई यी कुराहरू भन: एकजना पुरूषकी पत्नी त्योसँग विश्वासघाती हुन सक्छे। 13 तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नगर्लिन्। 14 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्। 15 त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।

16 “तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ। 17 तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्। 18 पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन्। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याउँछ।

19 “अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोक्सान गर्ने छैन। 20 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।’ 21 तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् ‘परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’

“यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ। 22 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेकिछ्यौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’

23 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ। 24 अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।

25 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट वेदीमा ल्याउन पर्छ र परमप्रभुको अघि डोलाउनु पर्छ। 26 पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ। 27 जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे। 28 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।

29 “यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे, 30 अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो। 31 पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”

मर्कूस 12:18-37

केही सदुकीहरूद्वारा येशूलाई छक्याउने चेष्टा

(मत्ती 22:23-33; लूका 20:27-40)

18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। 19 तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाइले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ। 20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन। 21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। 22 सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। 23 तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?”

24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। 25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। 26 मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’(A) 27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”

कुन आज्ञा सबभन्दा महान हो?

(मत्ती 22:34-40; लूका 10:25-28)

28 शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?”

29 येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। 30 तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’(B) 31 दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(C) यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”

32 शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यू, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्। 33 अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”

34 येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।

के ख्रीष्टनै दाऊदको पुत्र हुन्?

(मत्ती 22:41-46; लूका 20:41-44)

35 येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्? 36 पवित्र आत्मामा दाऊद आफैंले भन्नुभएको छ,

‘परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः
मेरो छेउमा दाहिनेपट्टि बस,
    अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।’(D)

37 दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भन्नु हुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?” धेरै मानिसहरूले येशूले भनेको कुरा खूबै आनन्दित भएर सुने।

भजनसंग्रह 48

कोरह परिवारहरूको उपासनाको भजन।

परमप्रभु महान् हुनुहुन्छ।
    उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
    यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत[a] हो,
    यो महान् राजाको शहर हो।
त्यस शहरको राजमहलमा,
    परमेश्वरलाई किल्ला भनिन्छ।
एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
    तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
    तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!
डरले ती राजाहरूलाई कस्सेर समात्यो।
    ती राजाहरू डरले कामे।
हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
    अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
    तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!

हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
    मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
    तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
    यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
12 सियोनको चारैतर्फ हिंड्।
    शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
13 अग्ला पर्खालहरू हेर,
    सियोनका राजमलहरूको प्रशंसा गर।
    तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।
14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।
    उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।

हितोपदेश 10:26

26 जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International