Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 27:14 - गन्ती 1:54

घरको मूल्य

14 “अब यदि कुनै मानिसले आफ्नो घर परमप्रभुलाई अर्पण गर्न चाहान्छन् भने, पूजाहारीले त्यस घरको दाम तोक्नुपर्छ। त्यो घर गत्तिलो होस् अथवा नराम्रो यसमा कुनै भिन्नता रहँदैन, यदि पूजाहारीले मूल्य तोकेपछि त्यही नै पक्का मूल्य हुनेछ। 15 यदि त्यस मानिसले त्यो घर फेरि फर्काउन खोजे उसले तोकेको दाममा अझ पाँचौं अशं थप्नुपर्छ र त्यो घर फेरि उसैको हुनेछ।

सम्पत्तिको मूल्य

16 “यदि कुनै मानिसले आफ्नो खेतको एउटा अंश परमप्रभुमा अर्पण गर्छ, तब अर्पिएको जमीनको अंशको दाम बीऊको परिमाण अनुसार तोकिनु पर्छ जो जमीनको त्यस आदेशमा छर्न सकिन्छ। एक होमर[a] जौंको बीऊ जाने जमीनको पचास शेकेल[b] चाँदीको दरले दाम तोक्न सकिन्छ। 17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती बर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ। 18 तर यदि त्यस दाताले उत्सवपछि जमीन दान गर्छ भने त्यसको दाम पूजाहारीले हिसाब गरेर पक्का दाम तोक्नुपर्छ। अर्को महोत्सव बर्षसम्म कति बर्ष बाँकी रहन्छ त्यही प्रकारले उसले मूल्य तोक्नुपर्छ। 19 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ। 20 यदि त्यस दाताले मूल्य चुकाएर आफ्नो जमीन फर्काएन भने त्यो जमीन पूजाहारीको हुन्छ। तर यदि त्यो जमीन अरू कसैले किनेको छ भने फेरि दामतिरेर फर्काउँन सक्तैन। 21 महोत्सवको बर्षमा जमीन मुक्त गरिदिन्छ। यो परमप्रभुको निम्ति पवित्र भूमि झैं परमप्रभुलाई सम्पूर्ण रूपले अपर्ण गरिएको हुन्छ यो सधैँको निम्ति पूजाहारीको हुनेछ।

22 “यदि कुनै मानिसले, आफ्नो पारिवारिक सम्पत्ति नभई कुनै उसले किनेको जमीन परमप्रभुलाई अर्पण गर्छ भने, 23 तब पूजाहारीले त्यो बर्ष देखि महोत्सव बर्षसम्म रहेको बर्षको हिसाबले जमीनको दाम तोकोस्, तब त्यो जमीन परमप्रभुको हुनेछ। 24 महोत्सव बर्षमा त्यो जमीन फेरि जुन मालिकबाट दाताले किनेको थियो उसैको हुन्छ।

25 “कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।

पशुहरूको मूल्य

26 “मानिसहरूले परमप्रभुलाई गाई तथा भेंडाहरू पनि विशेष बलिको रूपमा चढाउन सक्छन्। तर यदि चढाइने पशु माऊको प्रथम थुमा अथवा बाछा हो भने त्यो परमप्रभुकै हो। यसर्थ मानिसहरूले ती पशुहरू परमप्रभुलाई विशेष बलि स्वरूप चढाउन सक्तैनन्। 27 तर यदि त्यो पहिला जन्मिएको पशु अशुद्ध छ। तब त्यस मानिसले फेरि यसलाई किनेर फर्काउनुपर्छ। पूजाहारीले त्यो पशुको दाम तोक्छ र किन्नेले त्यसमा पाँचौ अंशको एक अंश थपेर किन्नुपर्छ। तर यदि त्यही व्यक्तिले नकिने पूजाहारीले उसले तोकेको दाममा त्यो पशु बेच्नुपर्छ।

विशेष उपहार

28 “मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्। 29 यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।

30 “सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो। 31 यसर्थ यदि कुनै मानिसले त्यो अंश फिर्ता लिनु चाहन्छ भने उसले उसको दशांशको दाममा पाँच भाग अंश दाम थप्नुपर्छ अनि मात्र किन्न सक्छ।

32 “मानिसहरूको गाई तथा भेंडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो। 33 त्यो छानिएको पशु असल हो अथवा होइन त्यस विषयमा त्यसको मालिकले चिन्ता गर्ने काम छैन। उसले त्यो पशु अर्को एउटासँग साट्न सक्तैन, यसो गरे ती दुइटै पशुहरू परमप्रभुका हुन्छन्। त्यो पशु किनेर फर्काउन सकिंदैन।”

34 सीनै पर्वतमा परमप्रभुले मोशालाई इस्राएलका मानिसहरूका निम्ति दिनु भएका आज्ञाहरू यीनै हुन्।

मोशाले इस्राएल मानिसहरूका गन्ती गर्छन्

सीनै मरुभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो। उहाँले भन्नुभयो, “तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर। हारून र तिमीले बीस बर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर। प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्:

रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर;

शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;

यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;

इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;

जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

10 यूसुफको उत्तराधिकारीहरूबाट;

एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा;

मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;

11 बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;

12 दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;

13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;

14 गादको कुलबाट रूएलको छोरो एल्यासाप;

15 नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”

16 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए। 17 तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए। 18 दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे। 19 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरुभूमिमा गरे।

20 तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस बर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो। 21 रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।

22 तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। 23 शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।

24 तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 25 गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।

26 तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो। 27 यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।

28 तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। 29 इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।

30 तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 31 जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।

32 तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। 33 एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।

34 तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 35 मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।

36 तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 37 बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।

38 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो। 39 दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।

40 तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 41 आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।

42 नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। 43 नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।

44 मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।) 45 तिनीहरूले बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो। 46 तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।

47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन। 48 परमप्रभुले मोशालाई भन्नुभएको थियोः 49 “लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसँग नमिलाउनु। 50 तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ। 51 जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ। 52 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्। 53 तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”

54 यसरी इस्राएलका मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।

मर्कूस 11:1-26

येशूको यरूशलेममा राजा झैं प्रवेश

(मत्ती 21:1-11; लूका 19:28-40; यूहन्ना 12:12-19)

11 येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो। येशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई साङ्गलोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ। यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, ‘स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।’”

चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले। त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?” चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।

त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो। अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए। केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँड्दै थिए। सबै मानिसहरू कराउँदै थिए,

“‘उहाँको प्रशंसा गर!’
    ‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’(A)

10 “हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्।
    जुन राज्य आउनेछ।
स्वर्गको परमेश्वरलाई प्रशंसा!”

11 येशू यरूशलेममा जानुभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।

येशूले भन्नुभयो अन्जीरको रूख मर्नेछ

(मत्ती 21:18-19)

12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो। 13 येशूले टाढामा एउटा अन्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अन्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अन्जीरको फल फल्ने समय थिएन। 14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; लूका 19:45-48; यूहन्ना 2:13-22)

15 उहाँहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो। 16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन। 17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”

18 मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसँग डराएका थिए। 19 त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोड्नुभयो।

येशूद्वारा विश्वासको शक्ति प्रदर्शन

(मत्ती 21:20-22)

20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। 21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख। 23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। 24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। 25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।” 26 [a]

भजनसंग्रह 46

प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
    सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
यसैकारण भुइँचालो आए ता पनि
    पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
    र पर्वतहरू थर्किन्छन्।

त्यहाँ एउटा नदी छ जसको धाराले
    सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
    घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
    प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
    उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
    तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।

10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
    म जाति-जातिलाई परास्त गर्नु सक्छु,
    म संसारलाई अधीनमा राख्न सक्छु!”

11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

हितोपदेश 10:23

23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International