Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 13

चर्म रोग संबन्धी नियमहरू

13 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाऊ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ। पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ, अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पए र घाऊ छालाभन्दा गहिरो छ भन्ने थाहा भयोभने तब त्यो हानिकारक चर्मरोग हो। तब पूजाहारीले त्यस मानिसलाई जाँचि सकेपछि त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।

“तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ। यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ। अनि सातौं दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।

“तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नु अघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ। अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्। यो एक हानिकारक रोग हो।

“यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ। 10-11 यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाऊँमा आलो घाउ रहेछ भने, यो धेरै समय सम्म रहने छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराउन्।

12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने 13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो। 14 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ। 15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।

16-17 “अनि फेरि आलो मासु सेतो हुन्छ तब मानिसले पूजाहारीकहाँ अवश्यै जानुपर्छ अनि पूजाहरीले त्यस मानिसलाई जाँच गर्नु पर्छ, यदि आलो मासु सेतो भएको छ, तब पूजाहारीले त्यस मानिसलाई अवश्यै शुद्ध घोषणा गर्नु पर्छ, किनभने त्यो मानिस शुद्ध छ।

18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ। 19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्। 20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो 21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्‌याएर राख्नु पर्छ। 22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो। 23 तर यदि त्यो रातो दाग त्यहाँ फैलिएनँ भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।

24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए, 25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नुपर्छ। 26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्‌याउनु पर्छ। 27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो। 28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।

29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ। 30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ। 31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ। 32 सातौं दिनको दिन पूजाहारीले घाउ जाँच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन। 33 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्। 34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होस्। 35 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए। 36 यदि दाग छालमा फिँजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिँजिएको भेट्नेछन्, पहेंलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ। 37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।

38 “यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए, 39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।

40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन। 41 यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो। 42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ। 43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने, 44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।

45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ। 46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।

47 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्, 48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र 49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो। 50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्। 51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग[a] लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी, सूती वा छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो। 52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।

53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए, 54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन। 55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई ढुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।

56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी वा छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्। 57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ। 58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”

59 लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।

मर्कूस 6:1-29

येशू आफ्नो शहरमा जानुहुन्छ

(मत्ती 13:53-58; लूका 4:16-30)

येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।

येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।

येशू प्रचारका निम्ति आफ्ना प्रेरितहरूलाई पठाउनु हुन्छ

(मत्ती 10:1,5-15; लूका 9:1-6)

येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। 10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। 11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”

12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” 13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।

हेरोदेले येशूलाई बप्तिस्मा दिने यूहन्ना नै ठान्दछन्

(मत्ती 14:1-12; लूका 9:7-9)

14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”

15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”

16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”

बप्तिस्मा दिने यूहन्ना कसरी मारिए

17 हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। 18 यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” 19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। 20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो।

21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। 22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी।

अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” 23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”

24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?”

उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।”

25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”

26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। 27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। 28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। 29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।

भजनसंग्रह 39

प्रमुख संगीतकार, यदूतूनलाई: दाऊदको भजन।

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।
    म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।
जब म कपटी मानिसको चारैतिर हुन्छु
    म मेरो मुख बन्द राख्ने छु।”

यसैले मैले केही भनिनँ।
    मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ।
    तर मेरो मनोव्याथा अझ बढ्‌यो।
म एकदमै रिसाएको थिएँ
    अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,
    यसैले मैले केही भनें।

हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?
    भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?
    मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।
    तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।
प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!

हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।
    हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,
    तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?
    तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।
    मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन,
    म आफ्नो मुख खोल्ने छैन।
    परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्,
    यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ!
11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो,
तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।
    जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।
    हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ।

12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!
    मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,
    मेरा आँसुहरू हेर्नुहोस्।
तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।
    मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्
    अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

हितोपदेश 10:10

10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International