Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 21:22-23:13

22 “दुइ जना मानिस झगडा़ गर्न सक्छन् अनि यसरी झगडा़ गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुर्याउन सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्तारूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्। 23 तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ। 24 तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँत, हातको सट्टामा हात, खुट्टाको सट्टामा खुट्टा। 25 डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।

26 “यदि कसैले आफ्नो कमाराको आँखो फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ। 27 यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।

28 “यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ। 29 त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। 30 तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।

31 “कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ। 32 तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।

33 “कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ। 34 इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।

35 “यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाँढ्नु पर्छ। 36 तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।

22 “यदि कसैले एउटा गोरू अथवा भेंडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेंडाको बदलामा पाँचवटा भेंडाहरू तिर्नु पर्छ। यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन। तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।

“तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ-दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेंडा जुन सुकै होस्।

“यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वरूप आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ

“एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।

“कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ। तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।

“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेंडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा़ भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

10 “कुनै एकजना मानिसले आफ्नो गधा, गोरू, भेंडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ? 11 त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन। 12 तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ। 13 यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।

14 “एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्नु पर्छ। 15 तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।

16 “यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्नु पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ। 17 यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

18 “तिमीहरूले आइमाईलाई तंत्र-मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।

19 “यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।

20 “यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।

21 “सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।

22 “जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन् तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन। 23 यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु। 24 अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।

25 “यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन। 26 कुनै मानिसले ऋण लिँदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ 27 किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्न सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।

28 “तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।

29 “बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाऊनु पर्छ। यसो गर्नमा ढिलो नगर्नु।

“तिमीहरूका जेठा छोरा मलाई चढाऊ। 30 तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसँग सात दिनसम्म बसुन्, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।

31 “तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।

23 “कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूटो बोलेर दुष्ट मानिसहरूलाई सघाउनमा सहमत नहोऊ।

“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

“मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।

“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

“यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्‌यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।

“गरीब मानिससति न्यायालयमा अन्याय नगर।

“कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।

“घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।

“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

विशेष छुट्टीहरू

10 “छ बर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट। 11 तर सातौं बर्षमा त्यो जमीन उपयोग नगर। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।

12 “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

13 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।

मत्ती 24:1-28

भविष्यमा मन्दिर विनाश हुने

(मर्कूस 13:1-31; लूका 21:5-33)

24 जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”

त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”

येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।

“त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। 10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। 11 अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। 12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। 13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। 14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।

15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए।[a] तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। 16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। 17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। 18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।

19 “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। 20 विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। 21 किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन।

22 “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।

23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। 24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्। 25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।

26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। 27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। 28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ।

भजनसंग्रह 29

दाऊदको भजन।

परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

हितोपदेश 7:6-23

एकदिन मैले मेरो घरको झ्यालबाट हेरें, मैले धेरै ठिटाहरूलाई देखें अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ। त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। ऊ उसको घरको दिशातिर अगि बढिरहेको थियो। अस्ताउने घामले गोधुली बेलालाई डाक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो। 10 त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई। 11 ऊ उच्च स्वरकी अनि विद्रोही थिइ। ऊ उसको घरमा वस्नु चाहँन्दैन थिइ। 12 त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउन कुना काप्चाहरू तिर लुकेर बस्थी। 13 उसले त्यस केटोलाई समाती र चुम्बन खाई अनि निर्लज्जा रूपमा उसको आँखामा हेर्दै भनी, 14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्। 15 यसैकारण म तपाईंलाई खोज्न बाहिर निस्केर आइरहेकी थिएँ अनि अहिले तपाईलाई भेटें। 16 मैले मेरो ओछ्यानमा मिश्रदेशको रङ्गीन च्यादरले सजाएकीछु। 17 मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु। 18 मसित आऊ, रात भरी हामी प्रेमको अङ्गालोमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं। 19 मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्। 20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।”

21 त्यस स्त्रीले उसलाई फँसाउन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो। 22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ। 23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International