Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 6:1-7:27

अरूको निम्ति दोषबलि

परमप्रभुले मोशालाई भन्नुभयो, “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ। अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन। यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरेको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो। जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ। उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ। अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

होमबलिहरू

परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुन्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्। 10 पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्। 11 पूजाहारीले लगाएको वस्त्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्। 12 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ। 13 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।

अन्नबलिहरू

14 “अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्। 15 पूजाहरीले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।

16 “रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ। 17 त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ। 18 परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सधैँको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”

पूजाहारीको अन्नबलि

19 परमप्रभुले मोशालाई भन्नुभयो, 20 “यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा। 21 तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।

22 “अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सधैँको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ। 23 पूजाहरीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”

पापबलिको नियम

24 परमप्रभुले मोशालाई भन्नुभयो, 25 “हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो। 26 जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ। 27 जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ।

“यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ। 28 अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको भए त्यो माझेर पानीले पखाल्नु पर्छ।

29 “पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो। 30 तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।

दोषबलिहरू

“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ। जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।

“त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो, दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ। पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।

“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ। दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो। जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ। अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ। 10 तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ।

मेलबलिहरू

11 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने, 12 उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्। 13 उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ। 14 मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ। 15 धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।

16 “यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ। 17 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ। 18 यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ त्यसले दण्ड पाउँनेछ।

19 “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्। 20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।

21 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”

22 परमप्रभुले मोशालाई भन्नुभयो, 23 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेंडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन। 24 तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन। 25 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।

26 “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु। 27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”

मर्कूस 3:7-30

अनेकौं मानिसहरू येशूको पछि लाग्छन्

येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।

उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो 10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। 11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” 12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।

येशूले आफ्ना बाह्र जना चेलाहरू छान्नु भयो

(मत्ती 10:1-4; लूका 6:12-16)

13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। 14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। 15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। 16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:

सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो),

17 याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),

18 आन्द्रियास,

फिलिप,

बारथोलोमाई,

मत्ती,

थोमा,

याकूब (अल्फयसको छोरो),

थेदियस,

सिमोन कनानी,[a]

19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।

कसैले येशूमा शैतान भएको ठान्छन्

(मत्ती 12:22-32; लूका 11:14-23; 12:10)

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। 21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? 24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। 25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। 26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। 29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

भजनसंग्रह 37:1-11

दाऊदको भजन।

दुष्ट मानिसहरूप्रति उदास न होऊ।
    दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
    जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
    तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
आनन्दसित परमप्रभुको सेवा गर
    अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
परमप्रभुमाथि भरोसा गर।
    उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
तिमीहरूका असल कार्यहरू र निर्मलता,
    मध्य दिनको घाम झैं चम्कियोस्।
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
    जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
    अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
    तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
    परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
    तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
    अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

हितोपदेश 10:3-4

परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।

अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International