Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 35:10-36:38

10 “तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। 11 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू, 12 पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ। 13 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ। 14 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ। 15 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा, 16 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार, 17 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो। 18 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अड्याउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ। 19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

मानिसहरूबाट महा-उपहारहरू

20 तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए। 21 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो। 22 सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

23 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए। 24 प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए। 25 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए। 26 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

27 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए। 28 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।

29 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

बजलेल र ओहोलीआब

30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।) 31 परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ। 32 उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ। 33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। 34 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।) 35 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

36 “यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”

त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे। मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए। आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने, “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसँग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”

तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।” यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके। मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।

पवित्र पाल

तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए। त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको। 10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए। 11 पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे। 12 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए। 13 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसँगै जोडिएर एउटै भयो।

14 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे। 15 तीस हात लामो अनि चार हात चौंडा सबै पर्दाहरू एउटा नापका बनाए। 16 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए। 17 एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे। 18 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए। 19 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेंडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।

20 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए। 21 प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौंडाइको थियो। 22 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए। 23 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए। 24 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 25 तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए। 26 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 27 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे। 28 पवित्र पालको पछिल्तिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए। 29 अनि यी फल्याकहरू तल सबै सँगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए। 30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।

31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे। 32 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि। 33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए। 34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।

35 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे। 36 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए। 37 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए। 38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।

मत्ती 27:32-66

येशूलाई क्रुसमा झुण्ड्याइयो

(मर्कूस 15:21-32; लूका 23:26-39; यूहन्ना 19:17-19)

32 सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो। 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। 34 जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।

35 तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। 36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। 37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।

38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए। 39 आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे। 40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”

41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। 42 तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं। 43 उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” 44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।

येशूको मृत्य

(मर्कूस 15:33-41; लूका 23:44-49; यूहन्ना 19:28-30)

45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”(A)

47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”

48 एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”

50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।

51 जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। 52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। 53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।

54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”

55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए। 56 मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।

येशूलाई गाडियो

(मर्कूस 15:42-47; लूका 23:50-56; यूहन्ना 19:38-42)

57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। 58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। 59 त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे। 60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। 61 मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।

येशूको चिहानमा पहरा

62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे। 63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। 64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”

65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।” 66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

भजनसंग्रह 34:1-10

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।

हर समय म परमप्रभुलाई धन्यको भन्छु।
    उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
नम्र मानिसहरू! सुन र खुशी बन।
    मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
मसँग-सँगै परमप्रभुको स्तुति गर!
    र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
    अनि उहाँले मलाई उत्तर दिनुभयो।
    मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
    तिमी लज्जित हुनु पर्ने छैन,
    उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
    अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
    उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
    अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
    जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
    उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
    तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।

हितोपदेश 9:7-8

अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ। अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International