मर्कूस 11:27-33
Nepali Bible: Easy-to-Read Version
यहूदी प्रमुखहरूद्वारा येशूको शक्तिमाथि सन्देह
(मत्ती 21:23-27; लूका 20:1-8)
27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए। 28 तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसँग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ। 30 यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?”
31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो,’ येशूले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 32 तर यदि हामीले भन्यौ, ‘यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसँग भयभीत थिए। सबैले यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो।)
33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”
तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”
Read full chapter© 2004, 2010 Bible League International