मर्कूस 12:18-27
Nepali Bible: Easy-to-Read Version
केही सदुकीहरूद्वारा येशूलाई छक्याउने चेष्टा
(मत्ती 22:23-33; लूका 20:27-40)
18 तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। 19 तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाइले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ। 20 एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन। 21 त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। 22 सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। 23 तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?”
24 येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। 25 जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। 26 मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’(A) 27 परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
Read full chapter© 2004, 2010 Bible League International