Font Size
लूका 22:58-62
Nepali Bible: Easy-to-Read Version
लूका 22:58-62
Nepali Bible: Easy-to-Read Version
58 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।”
तर पत्रुस ले भने, “मानिस, म हैन”
59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
60 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?”
जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो। 61 त्यसपछि प्रभु येशू फर्कनु भयो अनि पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।” 62 त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ-ग्वाँ रोयो।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International