भजनसंग्रह 23
Nepali Bible: Easy-to-Read Version
दाऊदको भजन।
1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।
Footnotes
- 23:5 मेरो … भयो यसको अर्थ हुनसक्छः “परमेश्वरले यो व्यक्तिलाई सम्माननिय पुरूषलाई झैं स्वागत गर्नु भयो” अथवा “परमेश्वरले उसलाई प्रशस्त धन-सम्पत्ती दिनु भयो”, परमेश्वरले उसलाई एक “राजा”, “पूजाहारी” अथवा “अगमवक्तालाई” झैं विशेष रूपमा चुन्नु भयो।
© 2004, 2010 Bible League International